यी तीन राशीका पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट पति

ज्योतिष शास्त्रअनुसार राशीले मानिसको गुण निर्धारण गर्छ । ज्योतिष शास्त्रमा कुन राशीका पुरुषहरु को स्वभाव कस्तो हुन्छ भन्ने बताइएको छ । यी तीन राशीका पुरुषहरु ‘बेस्ट हजबेन्ड’ अर्थात् राम्रो, असल पति भनिएका छन् ।

मकर राशी– यस राशीका श्रीमानले आफ्नी श्रीमतीलाई सधैं सन्तुष्ट राख्ने गर्छन् । श्रीमतीलाई खुशी राख्ने सबैभन्दा ठूलो कारण उनको स्वभाव हो । यस राशीका पुरुष आफ्नी श्रीमतीप्रति सधैं इमान्दार रहन्छन् । यस राशीका पुरुष आकर्षक ‘लुक’, बोल्ने कला र सधै सकारात्मक व्यवहारका हुन्छन् । सबैभन्दा राम्रो पक्ष यस राशीका पुरुषहरु जीवनभर यस्तै (सकारात्मक) रहन्छन् ।

सिंह राशी– ज्योतिष शास्त्रलाई मान्ने हो भने सिंह राशीका चिन्ह, जसको भित्र पर्ने महिला, पुरुष, बालक–बृद्ध सबै आकर्षक हुन्छन् । भनिन्छ, यस राशीका पुरुषलाई सँधै सुन्दर, असल श्रीमती मिल्छ, यस्तो राम्रो चयन शक्तिका कारण हुनसक्छ । यस राशीका पुरुष, सरप्राइज दिने, श्रीमती मात्रै होइन बालबच्चको पनि ध्यान राख्ने भएकाले ‘केयरिङ हस्बेन्ड’ भनिन्छ ।

कन्या राशी– कन्या राशीका पुरुषलाई पनि असल जीवनसाथी मानिन्छ । बुद्धिमान, आकर्षक, बोलेर मन जित्ने खुबीका हुन्छन् । श्रीमतीलाई अत्यन्तै माया गर्ने पुरुष पनि यसै राशीका हुन्छन् । यस राशीका पुरुषलाई खाना पकाउनदेखि लिएर बाल–बच्चा स्याहार्ने काम राम्ररी आउँछ । हुनसक्छ, यस कारणले पनि श्रीमतीका लागि असल श्रीमान् हुनसक्छन् ।एजेन्सी

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..