युधिष्ठिरले एक पटकमात्रै झुट बोलका थिए, त्यसकालागि उनले नर्क देख्नुपर्यो

प्रत्येक मानिसको आफ्नो एउटा योग्यता हुन्छ। यो योग्यतालाई पाउन मानिसले वर्षौंसम्म पनि मेहनत गर्नुपर्ने हुनसक्छ। त्यसो भयो भने मात्र मासिनले समाजमा आफ्नो फरक उचाइ प्राप्त गर्न सक्छ। तर एउटा सानो गल्तीले मानिसले प्राप्त गरेको उचाइ समाप्त हुनसक्छ।

महाभारतको युद्ध जारी थियो। भीष्म बाँणको शैय्यामा सुतिसकेका थिए। कौरवका सेनाको बागडोर गुरु द्रोणाचार्यको हातमा थियो। द्रोणाचाय लगातार नयाँ नयाँ व्यूह रचनाबाट पाण्डवका सेनाको नाश गरिरहेका थिए।

पाण्डवको सेनामा भागदौड मच्चिएको थियो। श्रीकृष्णले भने, ‘जसरी पनि गुरु द्रोणाचार्यलाई रोक्नुपर्छ। नत्र पाण्डवका सेना सकिन्छन्। द्रोणाचार्यको अस्त्रलाई रोक्न मुश्किल थियो। त्यही कारण कुटनीतिको सहारा लिइयो।

कौरव सेनाको एउटा हातीको नाम अश्वत्थामा थियो, श्रीकृष्णले भीमलाई भने उक्त हातीलाई मारिदेउ।’ भीमले हाती मारिदिए। र जोडले भने अश्वत्थामालाई मारिदिँए। अश्वत्थामा द्रोणचार्यका छोराको नाम पनि थियो।

द्रोणाचार्य यसको पुष्टि गर्न युधिष्ठिरकहाँ गए। युधिष्टिसँग उनले सोधे–के साँच्चै अश्वत्थामा मारिएको हो? युधिष्ठिरले भने मारिएको हो। यहीबीचमा श्रीकृष्णले विजयको शंख बजाए।

युधिष्ठरले के पनि भनेका थिए भने हाथी हो वा मनुष्य यो थाहा छैन तर, अश्वत्थामा मारिएको हो। तर द्रोणाचार्यले शंख बनेका कारण यो कुरा सेनन्। उनी पुत्रशोकमा ध्यान लगाएर बसे। यही मौकामा धृष्टद्युम्नले उनको शिर काटिदिए।

युधिष्ठिर सधैं सत्य मात्र बोल्थे। तर त्यो बेला उनले झुट बोलेका थिए। यही कारण उनले केही समयको लागि मात्रै भएपनि नर्क देख्नुपर्यो। युधिष्ठिरले झुट बोलेका थिएनन् तर झुट कर्ममा साथ दिएका थिए।

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..