आज पनि देशका धेरै ठाउँको मौसम बदली हुने, सतर्क रहन सुझाव

काठमाडौ । आज पनि देशका धेरै ठाउँको मौसम बदली भएको छ ।

नेपाल नजिकै बनेको न्यूनचापीय रेखा, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले शनिबार बिहानदेखि नै देशभरको मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आजदेखि तीन दिनसम्म देशभरको मौसम बदली हुने र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ । महाशाखाले गरेको अनुमान अनुसार आज र भोली देशभरको मौसम बदली हुनेछ । धेरै ठाउँमा हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना छ ।

मौसमविद्ले पर्सी सोमबार सम्म सचेत रहन सर्वसाधारणलाई समेत आग्रह गरेका छन् । देशका केहि स्थानमा मेघ गर्जनसहित हुरी बतासका साथ वर्षात्को सम्भावना रहेको महाशाखाका मौसमविद् शान्ती कँडेलले राजमार्ग डट कमसंग बताउनुभयो ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार यसकै प्रभावले अहिले पनि धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको छ । बिहान ९ बजेपछि भने मध्य र पश्चिमको धेरै ठाउँमा घाम लाग्ने अनुमान छ । तर पूर्वमा भने मौसम खुल्ने संभावना कम देखिन्छ ।

 

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..