फेटामा आजै सुधारिएको चुल्हो वितरण गरिने

काठमाडौ । बारामा रहेका हावाहुरी प्रभावितहरुलाई खानाको समस्या भएपछि फेटा गाउँपालिकाले चुलो ब्यवस्थापन गर्ने भएको छ ।

आज हावाहुरी प्रभावितहरुलाई गाउँपालिकाले आज सुधारिएको चुलो र सोलार किट वितरण गर्ने भएको छ । हिजो विहानदेखि  सामुहिक मेस बन्द हुँदा चिउरा, चाउँचाउँको भरमा रहेका प्रभावितलाई केही बेर पछि नै सुधारिएको चुलो र सोलार किट वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले मातृ सन्देश डट कमलाई जानकारी दिनुभयो ।

गाउँपालिकाले पाँच सय घरधुरीलाई नै सुधारिएको चुल्हो र सोलार किट  वितरण गर्नेछ । प्रभावितहरुलाई विभिन्न संघसंस्था र सरकारले राहत चामल दाल लगाएतका खाद्यान्न वितरण गरेपनि पकाउने भाडाँ र चुलो नहुँदा उनीहरु समस्यामा परेका छन् ।

खाना खान नपाउँदा विशेषगरी गर्भवति महिला बालबालिका र जेष्ठ नागरिहरु समस्यामा परेका छन् । कार्ड पाएका प्रभावितले मात्र चल्हो र सोलार पाउने भएकाले कार्ड लिएर आउन गाउँपालिकाले आग्रह गरेको छ । त्यस्तै वर्षा र हावाहुरीका कारण त्रीपालमा बस्न समस्या भएको भन्दै गाउँपालिकाले छिट्टै नै जस्तापाता वितरण गरी अस्थाई टहरा निर्माण गर्न पहल गरिरहेको जनाएको छ ।

 

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..