बारा र पर्साको हावाहुरी पीडितको पुनर्वासको कार्ययोजना पाँच दिनभित्र तयार हुने

काठमाडौ । बारा र पर्साको हावाहुरी पीडितको पुनर्बासको कार्ययोजना पाँच दिनभित्र तयार हुने भएको छ । आजदेखि त्यसको काम सुरु हुँदैछ ।

शहरी विकास मन्त्रालयलाई बुधबारसम्म कार्ययोजना ल्याउन समयसीमा तोकिएको छ । जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हिजो गरेको निर्णय अनुसार आजदेखि काम सुरु हुनेछ ।

गृह मन्त्रालयका सहसचिव वेद खनालले विशेष परिस्थितिमा यथासक्दो आवास निर्माण गर्नुपर्ने भएकाले जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले समयसीमा निर्धारण गरेर कार्ययोजना माग गरेको बताउनुभयो ।

गृहले एक महिनासम्म शीघ्र पुनस्र्थापनाका लागि प्राविधिक र व्यवस्थापकीय काम कारबाही अगाडि बढाएको छ । मन्त्रिपरिषद् बैठकले निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । भोलिपल्ट बसेको जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यसमितिको बैठकले पुनर्स्थापनाका लागि रक्षा मन्त्रालय, सहरी विकास मन्त्रालय र नेपाली सेनाले आवश्यक प्राविधिक र व्यवस्थापकीय काम कारवाहीको गृहकार्य गरी नीतिगत र कार्यगत चुस्तता अपनाउने निर्णय गरेको हो ।

बारा पर्सामा चैत १७ गते आएको हावाहुरीले २७ जनाको मृत्यु भएको थियो । हावाहुरीले बारामा मात्रै एक हजार ८ सय ५५ घर पूर्णरुपमा क्षति पुराएको छ । ९ सय ५५ घरमा आंशिक क्षति छ । पर्सामा ४३७ घरमा क्षति पुगेको छ ।

 

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..