डाक्टरहरुको आन्दोलन जारी, बिरामी मारमा

काठमाडौ । सरकारी चिकित्सकको आन्दोलनका कारण मुलुकभरका सरकारी अस्पतालको सेवा प्रभावित भएको छ ।

काम नै बहिष्कार गरेर चिकित्सक आन्दोलनमा उत्रिएपछि मुलुकभरका अस्पतालमा उपचार सेवा प्रभावित भएको हो । चिकित्सकको अवमूल्यन हुने र स्वास्थ्यसेवा दिन हतोत्साहित पार्ने समायोजन नसच्याइए राजीनामाको विकल्प नभएको सरकारी चिकित्सक संघ गोदानका महासचिव रबिन खड्काले बताउनुभयो ।

डाक्टरहरुको आन्दोलनको आज पाँचौ दिन हो । हिजो काठमाडौं उपत्यका सहित देशभरका अस्पतालमा रहेका बिरामीले डाक्टरको आन्दोलनका कारण सास्ती व्यहोर्नुपरेको थियो ।

जटिल खालका बिरामी झन बढी समस्यामा परेका छन् । सरकारले भने चिकित्सकले सामुहिक राजीनामा दिए सामुहिक रुपमै स्वीकृत गर्ने तयारी गरेको छ ।

राजमार्ग डट कमसँग कुरा गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा काम नै रोकेर आन्दोलन गर्नु गलत भएको भन्दै काममा नफर्किए कारबाही गर्र्ने तयारी भएका बताउनुभयो ।

स्वास्थ्य मन्त्री उपेन्द्र यादवले असहमति राख्ने अन्य बाटो हुँदाहुँदै बिरामीको जीवन जोखिममा पारेर काम रोक्नु डाक्टरहरुको गैर जिम्मेवारी भएको बताउनुभएको छ । केही जिल्लामा भने आन्दोलनको अवज्ञा गरेर डाक्टरहरुले उपचार सेवा दिएका छन् ।

 

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..