७२ घण्टाका लागि नेपाल–भारत सीमा बन्द, सूचना संशोधनले नेपाली नागरिक भारतमै रोकिए

दार्चुला । नेपाल–भारत जोड्ने सीमा नाकाहरु ७२ घण्टाका लागि बन्द गरिएको छ ।

भारतमा ११ अप्रील अर्थात् चैत्र २८ गते हुने लोक सभाको निर्वाचनलाई मध्यनजर गरी नेपाल–भारत जोड्ने सीमा नाकाहरु हिजो साँझ ५ बजेदेखि बन्द गरिएको हो ।

यसअघि चैत्र २६ गते बेलुकी ५ बजेदेखि चैत्र २८ गते साँझसम्म बन्द गरिने भनिएको थियो । तर भारतको निर्वाचन आयोगले उक्त सूचनालाई सशंोधन गरि चैत्र २५ गतेबाटै बन्द गर्ने निर्णय गरेको हो ।

भारतको पिथौरागढ जिल्लाधिकारीको कार्यालयबाट अप्रिल ७ अर्थात् चैत्र २४ गते प्राप्त पत्र अनुसार २५ गते साँझ ५ बजेदेखि सीमा नाका बन्द गर्न आदेश दिइएको थियो ।

भारतको निर्वाचन आयोगको आदेशअनुसार यसअघि भएको सहमति भन्दा १ दिन अगावै सीमा नाकाहरु बन्द गरिएपछि धेरै भारतमै रोकिएका छन् ।

सूचना संशोधनका कारण दर्जानौ नेपाली नागरिक अप्ठ्यारोमा परेका छन् । कतिपय नागरिक भारतको धारचुलामै रोकिएका छन् । नेपाल–भारत सीमा बैठकमा भने चैत्र २६ गते साँझ ५ बजेबाट सीमा नाका बन्द गर्ने सहमति भएको थियो ।

बन्द गरिएको सीमा नाका चैत्र २८ गते साँझ ५ बजे पश्चात् मात्रै खुल्ने प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिनुभयो ।

 

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..