आठौं राष्ट्रिय खेलकुदको ओलम्पिक टर्चलाई सातै प्रदेशमा परिक्रमा गराइने

काठमाडौ। प्रदेश पाँचमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च सात वटै प्रदेशको परिक्रमा गराईने भएको छ ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आज पत्रकार सम्मेलन गर्दै आठौंको ओलम्पिक टर्च सात वटै प्रदेश लगिने जनाएको छ । संघले आठौंको ओलम्पिक टर्चको परिक्रमा बिहिबारबाट सुरु हुने जनाएको छ ।

ओलम्पिक टर्चको सुरुवात पुर्व एथलेटिक्स खेलाडी तथा ओलम्पियन जित बहादुर केसीले गर्नुहुनेछ । सातै प्रदेशको परिक्रमापछि ओलम्पिक टर्च वैशाख ४ गते नेपालगञ्ज ल्याइने छ । संघले सार्वजनिक गरेको टर्च परिक्रमा तालिका अनुसार चैत २८ गते काठमाडौंबाट ओलम्पिक टर्च प्रदेश १ को विराटनगर लगिने छ ।

काठमाडौंबाट सुरु हुने ओलम्पिक टर्च चैत २९ गते प्रदेश २ को धनुषा, चैत ३० गते प्रदेश ३ हेटौडा र चितवन पुग्नेछ । वैशाख १ गते प्रदेश ४ को पोखरा, २ गते प्रदेश ५ बुटवल र लुम्बिनी, ३ गते प्रदेश ७ धनगढी पुग्ने छ । प्रतियोगिताको उद्घाटन वैशाख ५ गते नेपालगञ्ज रंगशालामा हुनेछ ।

 

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..