नेपालको प्राथमिक तहमा विद्यार्थीको भर्नादर प्रगति विश्वकै उत्कृष्टः युनिसेफ

काठमाडौ । नेपालको प्राथमिक तहमा विद्यार्थीको भर्नादरमा भएको प्रगति विश्वकै उत्कृष्ट मध्ये एक भएको संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफले जनाएको छ ।

युनिसेफले विश्वभर गरेको प्राथमिक शिक्षा सम्बन्धी अध्ययन प्रतिवेदनमा नेपालमा ८६ प्रतिशत बालबालिका प्रारम्भिक शिक्षाको पहुँचमा पुगेको उल्लेख छ । सन् २००० मा १२ प्रतिशत बालबालिका प्राथमिक शिक्षाका लागी भर्ना भएको नेपालमा सन् २०१७ मा ८६ प्रतिशत भर्ना भएको तथ्यांकले देखाएको छ ।

युनिसेफले पहिलो पटक प्राथमिक शिक्षाबारे गरेको अध्ययनमा विश्वभर सुधार देखिएको जनाएको छ । गत १२ बर्षमा प्रारम्भीक बालविकास केन्द्रको स्थापना ३५ प्रतिशतले बृद्धि भएको युनिसेफले उल्लेख गरेको छ । सन् २००३ मा १ हजार ३८ बालविकास केन्द्र रहेको नेपालमा सन् २०१५ मा ३५ हजार ९ सय ९१ केन्द्र स्थापना भएका थिए ।

विद्यालय पुग्ने हरेक विद्यार्थीले कम्तीमा १ वर्षको प्राथमिक शिक्षाको अनुभव प्राप्त गर्नु सकारात्मक भएको युनिसेफले जनाएको छ । यसले शिक्षाको महत्व बढ्ने, कक्षा दोर्होयाउने समस्या कम भएको तथा विद्यालय जान छाड्ने समस्यामा कमि आएको प्रतिवेदनमा जनाइएको छ ।

गुणस्तरीय प्राथमिक शिक्षा प्राप्त गरेकाको आयु लामो हुने, स्वस्थ्य जिवन शैली अपनाउने, रोजगारमा सहज पहुँच, आर्थिक स्थितिमा सुधार तथा सानो उमेरमा आमा बन्ने समस्या र लागुऔषध तथा मादक पदार्थको सेवनमा समेत कमि आएको अध्ययनमा उल्लेख छ ।

नेपाल सरकारले प्राथमिक शिक्षाका कुल शैक्षिक बजेटको ३ प्रतिशत मात्रै खर्च गरेकाले प्राथमिक शिक्षाको गुणस्तर भने सन्तोषजनक नरहेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी अध्ययन अनुसार नेपालमा कम्तिमा माध्यामिक तहसम्म पढेका आमाका सन्तानले स्तरीय प्राथमिक शिक्षा पाएका छन् ।

 

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..