पारिश्रमिक दिऊ भन्दा आफ्नो राजीनामा माग्ने तहमा उत्रिएः सञ्चारमन्त्री बास्कोटा

काठमाडौ । पत्रकारलाई कानून बमोजिम पारिश्रमिक दिऊ भन्दा कतिपय सञ्चार उद्यमी आफ्नो राजीनामा माग्ने तहमा ओर्लिएको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघले आज आयोजना गरेको अन्तरक्रियामा श्रमको शोषण गर्नेसँग आफूले सम्झौता नगर्ने भन्दै आम पत्रकार र पत्रकार महासंघलाई कित्ता स्पष्ट पार्न आग्रह समेत गर्नुभयो ।

सञ्चारमन्त्री बास्कोटाले श्रमजीवी पत्रकारलाई ‘कानून बमोजिम पारिश्रमिक देऊ’ भनेर सरकारले सम्झाउँदा प्रेस स्वतन्त्रता हनन नहुने बताउनुभयो । आफूले २५ वर्ष सक्रिय पत्रकारिता गरेको सम्झिंदै मन्त्री बास्कोटाले प्रेस स्वतन्त्रताको पाठ श्रम शोषण गर्नेले सिकाउन आवश्यक नरहेको पनि बताउनुभयो ।

उहाँले सरकार मिडिया सञ्चालक र श्रमजीवी पत्रकार दुवैको हितमा काम गर्न अग्रसर भएको दाबी गर्नुभयो । मिडिया हाउसबाट पत्रकार ठगिएको गुनासो आएपछि प्रेस पास नविकरण र वितरणका बेला सम्बन्धित संस्थाले बैंकमा तलब पठाएको पेरोल मागिएको मन्त्री बास्कोटाले बताउनुभयो ।

मिडिया हाउसले विभागमा पेश गर्ने पे रोल र पत्रकारले वैंकमा पाउने तलबमा धेरै फरक देखिएकाले वैंकमा जाने गरेको पे रोल मागिएको मन्त्री बास्कोटाले प्रष्ट पार्नुभयो ।

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..