सेवा बन्द नगर्न चिकित्सकलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य सेवा प्रभावित हुने गरी आन्दोलन नगर्न सरकारी चिकित्सकलाई आग्रह गरेको छ ।

सरकारी चिकित्सक संघ गोदानको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालमा प्रदान गरिने नियमित स्वास्थ्य सेवा प्रभावित हुँदा नागरिकको स्वास्थ्यको अधिकारको हनन् भएको भन्दै आयोगले आज एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य क्षेत्रमा संवेदनशील हुन आग्रह गरेको हो ।

अस्पतालको सेवा नै प्रभावित पार्नु संविधान र प्रचलित कानून विपरीत भएको भन्दै आयोगले यो समस्यालाई सार्थक वार्ता र संवादबाट समाधान गर्न गोदानलाई आग्रह गरेको छ । पेशागत क्षेत्रमा देखिएका असन्तुष्टि र अस्पष्टताहरुलाई समाधान गरी नागरिकको स्वास्थ्यको अधिकार हनन् हुन नदिन आयोगले सरकारको समेत ध्यानाकर्षण गराएको छ ।

समायोजनप्रति असन्तुष्टि जनाउँदै गोदानले ५ दिनदेखि देशैभरको स्वास्थ्य सेवा ठप्प पारेको छ । यसले गर्दा बिरामी मर्कामा परेका छन् ।

 

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..