दुई जलविद्युत्तको आयोजनाको आईपीओ वैशाख ६ देखि खुल्ने

काठमाडौ । रसुवागढी र सान्जेन जलविद्युत् कम्पनी आयोजनाको आइपीयो बैशाख ६ गतेदेखी खुल्ने भएको छ ।

उर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी जनताको जलविद्युत् कार्यक्रममा परेको रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको साधारण सेयर बैशाख ६ गतेदेखी खुल्ने जानकारी गराएको हो ।

आज नै दुबै आयोजनाले एकैपटक सार्वजनिक सूचना जारी गरेर सर्वसाधारणबाट सेयर आवेदन माग गरीएको छ । दुबै आयोजनाले यही बैशाख ६ गतेदेखि शेयरको बिक्री खुला गर्ने छन् । छिटोमा १० गते र ढिलोमा जेठ ५ गतेसम्मलाई शेयर बिक्री हुने गरी उल्लेख छ ।

सान्जेन जलविद्युतमा माथिल्लो सान्जेन १४ दशमलव ८ मेगावाट र सान्जेन जलविद्युत् आयोजना ४२ दशमलव ५ मेगावाट रहेको छ । यो जलविद्युत् आयोजनाले न्युनतम ५० कित्ता र अधिकतम २ हजार कित्ताको लागि आवेदन माग गरेको छ । दरखास्तका साथ प्रति शेयर एक सय रुपैयाँका दरले पैसा बुझाउनुपर्ने छ । यो आयोजनको जम्मा पूँजी ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

यो आयोजनाले उक्त पुँजीको १५ प्रतिशतको मात्रै शेयर आवेदन माग गरेको छ । यसको ५४ लाख ७५ हजार कित्ता शेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि, र ४ प्रतिशत कर्मचारीलाई छुट्याएर बाँकी ४९ लाख ८२ हजार २५० कित्ता शेयरको आइपीओ जारी गरेको हो । यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोष हो भने सहायकमा सनराइज क्यापिटल लिमिटेड र एनएमबी क्यापिटल लिमिटेड हो ।

रसुवागढी पनि एक सय रुपैयाँकै शेयरलाई न्युनतम ५० देखि अधिकतम ५ हजार कित्तासम्मको निम्ति आवेदन मागेको छ । यो जलविद्युत् आयोजनको ६ अर्ब ८४ करोड पुँजीमध्ये १५ प्रतिशतको दरले १ करोड २ लाख ६३ हजार १५० कित्ताको शेयर निष्कासन गरेको हो । यसमध्ये ४ प्रतिशत कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता शेयरको आईपीओ निष्कासन गरेको हो ।

यो आयोजनाले १११ मेगावाटको जलविद्युत् आयोजना बनाइरहेको छ । यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो भने सहायक कम्पनीमाा एनआईबीएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सनराइज क्यापिटल रहेको छ ।

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..