देशभरिको सरकारी जग्गा असुरक्षित, छानविन समिति गठन गर्न माग

काठमाडौ । प्रधानमन्त्री निवास बालुवाटारकै जग्गा भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा पुग्नुले देशभरका सरकारी जग्गा सुरक्षित नरहेको देखाएको छ ।

ललिता निवासको जग्गाबारे छानविन गर्न बनेको समितिका संयोजक पूर्व सचिव शारदाप्रसाद त्रितालले उच्चस्तरीय आयोग बनाएर देशभरिका  सरकारी जग्गाको अवस्थाबारे छानविन हुनुपर्ने बताउनुभयो । सीआईएनसँगको कुराकानीमा त्रितालले व्यक्तिको नाममा गईसकेको प्रधानमन्त्री निवासको जग्गा अब सरकारकै मातहतमा आउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँका अनुसार कानुन मिचेर भूमाफिया र कर्मचारीहरूको मिलेमतोमा राष्ट्र बैँकको केन्द्रीय कार्यालय, प्रधानमन्त्री निवास, प्रधानन्यायाधीश निवास र सभामुख निवासका जग्गा व्यक्तिका नाममा परेका छन् ।

काठमाण्डौँ उपत्यकालगायत विभिन्न ठाउँमा जग्गाको अपचलन भएको हुन सक्ने भन्दै उच्चस्तरीय शक्तिशाली छनविन आयोग गठन गर्न समेत सुझाव उहाँले दिनुभयो । कानुन मिचेर जग्गाको अपचलन गर्ने व्यक्तिलाई कारबाही हुने र जग्गा राज्यकै नाममा फिर्ता गरिने त्रितालले जानकारी दिनुभयो । यो सबै कुराको छानविन गर्न अख्तियारलाई जिम्मेवारी दिइसकेको छ ।

यसैबीच बालुवाटारको सरकारी जग्गा व्यक्तिले हडपेको सार्वजनिक भएसँगै अब देशभर यस्ता जग्गाबारे खोजबिन हुने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले व्यक्तिको नाममा सारिएका सरकारी जग्गा फिर्ता गराउन पहल सुरु गरेको हो ।

मन्त्रिपरिषदले गृह र भूमि व्यवस्था मन्त्रालयलाई पत्र लेखेर खोजबिन गर्न निर्देशन दिएलगत्तै भूमाफियाले हडपेको जग्गाबारे मन्त्रालयले खोजबिन प्रक्रिया सुरु गरेको हो । भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्रालयका सचिव र विभागीय प्रमुखसँग यस विषयमा छलफल गरेको जानकारी दिनुभयो ।

 

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..