वैदेशिक रोजगारीका क्रममा यो वर्ष ८ सय नेपालीको मृत्यु

काठमाडौ ।  रोजगारीका लागि नेपाली पुगेका देशमा मलेसिया र साउदी अरेविया सबैभन्दा बढी असुरक्षित देखिएका छन् ।

२०७५ सालमा विदेशमा ज्यान गुमाउनेको तथ्यांक अनुसार सबैभन्दा बढी मलेसिया र त्यसपछि साउदी रहेको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांक अनुसार २०७५ वैशाख १ गतेदेखि चैत २९ गतेसम्ममा मलेसियामा ज्यान गुमाउने नेपालीको सङ्ख्या २ सय ५३ जना रहेको छ ।

यो बोर्डमा आर्थिक सहायता लिन आउनेहरुको तथ्यांक हो । यस बाहेक पनि केही सङ्ख्यामा आवेदन दिइनसकेका हुनसक्ने बोर्डले जनाएको छ । यो एक वर्षमा साउदीमा ज्यान गुमाउनेको सङ्ख्या २ सय जना रहेको छ । साउदीमा एक महिला र एक सय ९९ जना पुरुषको मृत्यु भएको हो ।

कतारमा एक सय ३१ र युएईमा ९२ जनाको मृत्यु भएको बोर्डको तथ्यांक छ । यस्तै कुवेतमा ३७, दक्षिण कोरियामा २०, बहराइनमा १२ र ओमानमा ५ जना नेपालीको मृत्यु भएको छ । २०७५ सालमा २३ जना महिला र ७ सय ५९ पुरुषले ज्यान गुमाएको बोर्डको तथ्यांक रहेको छ ।

 

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..