सवारी चालक र सहचालकका लागि ज्याकेट अनिवार्य

ओखलढुंगा। ओखलढुंगामा सवारी साधन चालक तथा सहचालकहरुका लागि पहिचान युक्त ज्याकेट अनिवार्य गरिएको छ ।

नेपाल प्रहरीको दुर्घटना न्यूनिकरण अभियान अन्तर्गत जिल्ला बाहिरिने तथा भित्रिने सवारी साधनका चालक र सहचालकहरुलाई ज्याकेट अनिवार्य गरिएको हो । प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दुर्घटना न्यूनिकरण गर्न ज्याकेट अभियान सुरु गरिएको जनाइएको छ । अभियानको थालनी स्वरुप पहिलो चरणमा जिल्लामा सञ्चालित लामो तथा छोटो दुरीका १० जना सवारी चालक र सहचालकलाई ज्याकेट वितरण गरिएको छ ।

एकजना सवारी चालक भोजराज गिरी यसले दुर्घटना न्युनिकरणमा सघाउ पु¥याउने बताउनुुहुन्छ । चालकलाई पहेंलो र सहचालकका लागि हरियो रंङ्गको ज्याकेटको व्यवस्था गरिएको छ । ओखलढुंगा ट्राफिक प्रहरी ईन्चार्ज राजन तमाङ ज्याकेट अभियानले चालक र सहचालकले जिम्मेवारीबोध गर्ने बताउनुहुन्छ ।

सवारी साधनमा आवश्यकताभन्दा धेरै यात्रु राख्ने गरेका कारण पनि दुर्घटना हुने गरेको पाइएको छ । चालक र सहचालकलाई ज्याकेट वितरणसँगै सवारी धनीलाई पनि यात्रु धेरै राख्नबाट रोक लगाउनुपर्ने माग सर्वसाधारणको छ ।

दुर्घटना न्यूनिकरणका लागि प्रहरीले अभियान र कार्यक्रम गर्नु सकारात्मक हो । तर धेरै कमाउने नाममा कोचीकोची यात्रु राख्ने र चाँडो पुग्ने नाममा भीडभाडमा यात्रा गर्ने यात्रुको बानी व्यवहारमा परिवर्तन नआउँदासम्म चाहेर पनि दुर्घटना रोक्न सकिँदैन ।

 

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..