बाल विकास कक्षाका सहयोगी कार्यकता न्युन पारिश्रमिकमा काम गर्न बाध्य

धनकुटा । सरकारले आकस्मिक र आंशिक रोजगारीमा श्रमिकले पाउने मासिक आधारभूत पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ तोकेको छ । तर सामुदायिक विद्यालयमा सञ्चालित बाल विकास कक्षाका सहयोगी कार्यकर्तालाई भने सरकारले नै दैनिक दुई सय रुपैयाँभन्दा पनि कम ज्याला दिएर काम लगाइरहेको छ ।

पूजा लिम्बु, धनकुटाको गोकुण्डेश्वर बालमन्दिर विद्यालयको बालविकास कक्षामा पढाउनुहुन्छ । लिम्वुले महिना भर काम गरेको पारिश्रमिक ६ हजार रुपैँया मात्रै पाउने गर्नुभएको छ । सोही विद्यालयमा कार्यरत बालविकास सहयोगी कार्यकर्ता इन्दिरा राइले पनि त्यति नै पैसामा दैनिक चार घण्टा भन्दाबढि समय विद्यालयमा काम गर्नुहुन्छ ।

उहाँहरुले पोशाक, महंगी र प्रोत्साहन भत्ता समेत पाउनुहुन्न । सरकार आफंैले तोकेको आधारभूत पारिश्रमिक भन्दा झण्डै आधा कम ज्यालामा काम गर्नुपरेको पीडा उहाँहरुसंग छ । धनकुटामा २०५७ सालदेखि नै तोकिएका सामुदायिक मातृविद्यालय र अन्य गरि तीनसय १० स्थानमा बालविकास कक्षा सञ्चालन हुँदै आएको छ ।

तर यस्ता कक्षामा कार्यरत सहयोगी कार्यकर्ताले श्रमिकका लागि तोकिएको आधारभूत मासिक पारिश्रमिक समेत पाएका छैनन् । पूर्व विद्यालय उमेरका बालबालिकामा सामुहिक भावनाको विकास गराउँदै खेल, गीतसंगीत, कथा र मनोरञ्जनका माध्यमबाट पढाइमा बानी पारेर माथिल्ला कक्षाको शैक्षिक उपलब्धी सुधारका लागि सरकारले बालविकास कक्षाको अवधारणा ल्याएको हो ।

यस्ता कक्षामा कार्यरत सहयोगी कार्यकर्ताले श्रमिकका लागि तोकिएको आधारभूत मासिक पारिश्रमिक दिन नीति नै बनाइनु पर्ने बताउनुहुन्छ, धनकुटा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रामबहादुर थापा । बालविकासका सहयोगी कार्यकर्तालाई न्यूनतम पारिश्रमिक भन्दा पनि कममा काममा लगाइदा अपेक्षा अनुसारको प्रतिफल हासिल हुन नसकेको सरोकारवालाहरु बताउँछन् ।

 

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..