गायिका सिर्जना गुरुङको ‘तिमीलाई देखेर’ (भिडियोसहित)

गायक तथा संगीतकार उत्तम विक्रम विष्ट र गायिका सिर्जना गुरुङको नयाँ गीत ‘तिमीलाई देखेर ’ गीतको भिडियो  सार्वजनिक भएको छ ।  अप्सरा विष्ट खड्काको शब्द तथा उत्तम विक्रम विष्टको  ‘तिमीलाई देखेर ’ गीतको म्युजिक भिडियोसहित सार्वजनिक भएको हो । गीतको एरेन्ज कृष्ण पुन ले गरेका छन ।

उवि उविको निर्देशनमा रहेको तिमीलाई  गीतको भिडियोमा उत्तम विक्रम विष्ट , शिल्पा खड्का , प्रियङ्का मगर , रिदिमा मगर , दिपिका अधिकारी , मनिसा लामा र प्रतिक्षाको फिचरिङ रहेको छ ।गीतलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । मनोज राना मगरको छायाँकन र विनोद बमको सम्पादन भिडियोमा रहेको छ ।

नेपाली टिपिकल शब्दको प्रयोग गरेर डान्सिङ पारामा गीतलाई प्रस्तुत गरिएको छ ।  गोदावरीका रमणिय स्थानमा छायांकन भएको यस भिडियोमालाई दर्शक स्रोताले मन पराउने बिश्वास जित्नेमा आशावादी रहेको गायक विष्टले बताए ।

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..