वर्षा बाधक बनेपछि नेपाल युएईसँग पराजित

काठमाडौ । आईसीसी १९ वर्षमुनिको एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।

आज भएको खेलमा नेपाल युनाईटेड अरब इमिरेट्स (युएई) संग डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १ रनले पराजित भएको हो । क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा वर्षा बाधक बनेपछि नेपालले पराजय व्यहोरेको हो ।

नेपालले दिएको २ सय ४८ रनको लक्ष्यसहित युएईले जवाफी ब्याटिङ गरिरहँदा पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि निरन्तर परेको वर्षाले खेल हुने सम्भावना सकिंदा खेलको निर्णय डिएलबाट गरिएको थियो । डिएलमा युएईले ३० ओभरमा जितका लागि १ सय २२ रनको नयाँ लक्ष्य पाएपछि नेपाल १ रनले पराजित भएको हो  ।

वर्षाले खेल रोकिनु अघि युएईले ३० ओभरमा ३ विकेट गुमाएर १ सय २२ रन जोडेको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभरमा अलआउट हुँदै २ सय ४७ रन बनाएको थियो । नेपालको उच्च स्कोरमा भीम सार्की र हरि चौहानले अर्धशतकीय इनिङ्स खेल्नुभएको थियो । अविजित रहँदै हरिले ७४ बलमा ६७ रन बनाउनुभयो ।

यस्तै भीमले ५४ बलमा ५३ रनको योगदान दिनुभयो । वर्षा बाधक बनेको खेलमा पराजित भएसँगै छनोटको उपाधि जित्ने नेपालको लक्ष्यमा धक्का लागेको छ । २ खेलमा २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको थियो । अब नेपालले तेस्रो खेलमा आयोजक मलेसियासँग अप्रील १५ मा खेल्नेछ ।

 

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..