नयाँ वर्ष २०७६ शुरु, शुभकामना आदानप्रदान गरी मनाइँदै

काठमाडौं।  आजबाट नयाँ वर्ष २०७६ सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन वैशाख १ गते देश विदेशमा बस्ने नेपालीले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन्।

नयाँ वर्षको पहिलो दिन बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, देवीदेवताको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना साटासाट गर्ने प्रचलन रहिआएको छ । यस दिन स्नान र दान गरेमा पुण्य कमाइने धार्मिक विश्वास रहेको छ ।    
नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिक दलका नेताहरुले देश–विदेशमा रहने नेपालीहरुमा शुभकाना व्यक्त गरेका छन्।

नयाँ वर्षको दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो छ। पशुपतिनाथमा दर्शन एवम् पूजा आजा गर्नेहरुका लागि विशेष व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।  सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ।

नयाँ वर्षको पूर्वसन्ध्यासँगै नगरकोट, धुलिखेल, गोदावरी, ककनी, फुल्चोकी, पोखरा, सौराहा आदि स्थानमा उल्लासमय वातावरण र युवापुस्ताको भीडभाड प्रशस्तै देख्न सकिन्छ। यस्तो बेला नाम चलेका मन्दिरमा पनि भक्तजनको तुलनात्मक रूपमा बढी नै चहलपहल देखिन्छ ।

विक्रम संवत् कसरी सुरु भयो भन्ने धेरै कथन छन्। नेपालको सरकारी कामकाज विक्रम संवत अनुसार नै गरिन्छ। यस संवतको प्रचलनबारे विद्वानहरूबीच मतभेद पाइन्छ। केही विद्वान्को भनाइ अनुसार यो संवत् भारतका एक प्रतापी राजा विक्रमादित्यले ईस्वी संवत शुरू हुनुभन्दा ५७ वर्षअघि स्थापना गरेका थिए।

अर्को भनाइ अनुसार अंशुवर्माको शासनकालमा विक्रमजीत नामका एक राजाले नेपालको साँखुमा आई राज्य सञ्चालन गरेका र बज्रयोगिनीको उपासना गरी राज्यका जनतालाई अनिकालबाट जोगाएको कथन छ। त्यही बेलादेखि उनले विक्रमादित्य संवत् पनि चलाएको बताइन्छ ।

अर्को भनाइ अनुसार इसापूर्व ५७ वर्ष अगाडि भारतमा कुनै पनि विक्रमादित्य नामको राजा नभएकाले विक्रम संवत नेपालीको आफ्नै मौलिक संवत भएको यसका अध्येताहरूले राख्दै आएका छन्। यस्तै अर्को भनाइ अनुसार विक्रम संवत् कुनै राजा वा व्यक्तिले चलाएको नभई सूर्यको नामबाटै चलेको हो भन्ने गरिन्छ।

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..