मौलिक गीत ‘सल्ला धुपैले’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । कौडा किङ सर्जक तथा गायक गणेश गुरुङको आफ्नो पुरानो मौलीक ‘सल्ला धुपैले’ बोलको लोक तथा दोहोरी गीतलाई पुनः सार्वजनिक भएको छ ।

‘सल्ला धुपैले’मा कौडाकिङ सर्जक तथा गायक गणेश गुरुङ र गायिका बिष्णुमाया गुरुङको स्वरमारहेको छ ।यस गीतमा शब्द गणेश गुरुङले नै शंकलन गरेका हुन् भने, लय पनि कौडाकिङ गुरुङले नै भरेका हुन् ।

जसमा कमल सौरागको संगीत संयोजन रहेको छ ।गीतको म्युजिक भिडियोतर्फ चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा भिडियो निर्माण भएको छ ।जसमा खेम गुरुङ, बिनित गुरुङ र साथीहरुको नृत्य तथा सशक्त अभिनय रहेको छ ।

उक्त मौलीक गीतको म्युजिक भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका हुन् ।‘सल्ला धुपैले’ गीतलाई बिष्णुमाया गुरुङको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

‘सल्ला धुपैले’ गीत नेपाली पन झल्कने झ्याउरे भाकामा समावेश रहेको मौलीक गीत हो ।यस गीतले छोटो समयमा नै दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ ।

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..