अमेरिकाबाट विश्वको सबैभन्दा ठूलो विमानले पहिलो पटक उडान सुरु

न्युयोर्क । विश्वकै सबैभन्दा ठूलो विमानले अमेरिकाबाट पहिलो उडान भरेको छ । ३ सय ८५ फिट लम्बाई भएको यो विमानको आकार अमेरिकी फुटबल मैदान बराबरको रहेको बताइएको छ ।

यस बिमानमा दुईवटा एअरक्राफ्ट बडी एकआपसमा जोडिएका छन् भने विमानमा ६ वटा इन्जिन रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । स्ट्रेटोलन्च नामक कम्पनी अन्तर्गतको माइक्रोसफ्टका सहसंस्थापक पल एलनले सन् २०११ मा बनाएको यो बिमानले पहिलो उडान भरेको हो ।

अन्तरिक्षमा सेटेलाइट छोड्नुअघि १० किलोमिटरसम्म उडान गर्ने उद्देश्यका साथ यो विमान निर्माण गरिएको बताइएको छ । यो परियोजना सफल भएको खण्डमा अन्तरिक्षमा कुनै सामान पठाउन रकेट पठाउनभन्दा सस्तो र सुलभ हुने बताइएको छ ।

पहिलो उडानमा नै यो बिमान १५ हजार फिटको उचाइमा गएको र यसको अधिकतम गति १ सय ७० माइल प्रतिघण्टा रहेको थियो ।

 

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..