बाबा समूहद्वारा सामूहिक चौरीपालन

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ राम्चेमा विदेशबाट फर्किएका युवाले सामूहिक चौरीपालन गर्न थालेका छन् । वैदेशिक रोजगारको विकल्पको रूपमा गाउँमै व्यावसायिक चौरीपालन गर्ने लक्ष्यले प्रगतिशील बाबा समूहमार्फत उनीहरूले चौरीपालन शुरु गरेका हुन् ।

समूहका अध्यक्ष गमबहादुर पुर्जाले भन्नुभयो, “चौरीपालनमा अहिलेसम्म रु १४ लाखभन्दा बढी लगानी भइसकेको र अहिले समूहसँग ३८ वटा चौरी छन् ।” समूहमा आवद्ध सात जनाले तीन वर्षअघि रु छ लाख लगानी गरी १२ वटा चौरीपालन शुरु गरेकामा नौमती बाजा बजाएर कोषमा जम्मा गरिएको रकम र व्यतिmगत रकमसमेत सङ्कलन गरेर सो व्यावसाय थालिएको उहाँको भनाइ थियो ।

चौरीको सङ्ख्या बढाउन र गोठ सुधार गर्न थप रु आठ लाख लगानी गरेर मोहरेडाँडा, मथेनी, फूलबारी र जलजलाको उच्च पहाडी क्षेत्रको जङ्गल उनीहरूले प्रयोगमा ल्याएका छन् । एक जनालाई मासिक रु दश हजार ज्याला दिएर चौरी हेर्ने गोठाला राखिएको कोषाध्यक्ष पलबहादुर पुर्जाले बताउनुभयो ।

‘‘विदेशबाट फर्किएपछि सामाजिक काम र आयआर्जनका लागि समूह बनाएका थियौं,’’ उहाँले भन्नुभयो,“चौरीबाट अहिलेसम्म आम्दानी त भएको छैन तर सङ्ख्या र लगानी थपिँदै गएको छ ।” चौरीगाईको दूधबाट चिज उद्योग सञ्चालन गर्ने समूहको लक्ष्य छ । याकको मासु र रगत पनि बिक्री हुन्छ ।

समूहका सदस्य गाउँमा हुने विवाह, छेवार, किरियामा बाजा बजाउँछन् । उनीहरुले मगर समुदायको परम्परागत पुख्यौली नृत्य पनि देखाउँछन् । बाजा बजाउँदा र नृत्य देखाउँदा भएको आम्दानी सहभागीले भाग लगाएर निश्चित रकम कोषमा जम्मा गर्दै आएका थिए ।

समूहको अगुवाइमा राम्चेमा जुवातास, मदिरा नियन्त्रण र विकास निर्माणको काममा पनि सहयोग गरिएको जानकारी दिँदै सचिव सुनबहादुर पुर्जाले भन्नुभयोे, “ हमीले संस्कृति जोगाएका छौँ, जीविकोपार्जन पनि भएको छ र पुख्यौली नृत्यलाई नयाँ पुस्तामा हस्तान्तरण गरिएको छ ।

युवा युवतीलाई पुख्यौली नाच्न र गाउन सिकाइएको थियो । उनीहरुले नौमती बाजाको अभावमा संस्कृतिनै हराउन थालेपछि उनीहरू आफै बाजा बजाउन थालेका हुन् । विसं २०६० मा सो समूह गठन भएको थियो ।

बाबा र आमा समूहको सक्रियताले विकासका योजना कार्यान्वयनका लागि जनसहभागिता जुटाउन सहयोग पुगेको वडाध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो । ‘अधिकारका लागि नभएर सामाजिक काम, संस्कृति संरक्षण र आयआर्जनको क्षेत्रमा बाबा समूहले रचनात्मक काम गर्दै आएको उहाँले जानकारी दिनुभयोे । रासस

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..