सुडानमा सैन्य शासनको विरोध चर्कर्दै

सुडान । सुडानको अन्तरिम सैन्य परिषद्ले तत्कालीन सरकारका सदस्यलाई पक्राउ गरेको छ । सैन्य शासनको विरोधमा प्रदर्शन चर्कंदै गएपछि सैन्य परिषद्ले तत्कालीन सरकारका सदस्यलाई पक्राउ गरेको हो ।

सेनाले विपक्षीहरूको सहमतिबाट मात्रै नयाँ प्रधानमन्त्री चयन गर्नेसमेत स्पष्ट पारेको बीबीसीले जनाएको छ । लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति ओमार अल–बसिरलाई पक्राउ गरेर सेनाले गत विहीबारदेखि मुलुकमा सैन्य शासन लागु गरेको थियो ।

सेनाको कदमप्रति असन्तुष्टि जनाउँदै सुडानमा अहिले पनि प्रदर्शनहरू भइरहेका छन् । उनीहरुले तत्काल नागरिक सरकार गठनको माग गरेका छन् ।

 

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..