प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरी आज सार्वजनिक गरिने

काठमाडौ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरी आज सार्वजनिक गरिने भएको छ ।

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालका अनुसार  प्रस्तावित न्यायाधीशविरुद्ध पाँच उजुरी परेका छन् । तीन उजुरी व्यक्तिको नाम किटान गरेर दर्ता भएका र अन्य दुई उजुरी सैद्धान्तिक विषयमा केन्द्रित छन् ।

संसदीय सुनुवाइ समितिले उजुरी सार्वजनिक गर्ने बारेमा छलफल गर्न आज दिउँसो २ बजेका लागि बैठक बोलाएको छ । न्यायाधीशसँगै प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाविरुद्धका उजुरी पनि आजै सार्वजनिक गर्ने तयारी भएको छ ।

उजुरी दर्ता गर्ने समय हिजो सकिएको छ । प्रस्तावित न्यायाधीश प्रकाश ढुङ्गानाविरुद्ध दुई र हरिप्रसाद फँुयालविरुद्ध एक उजुरी दर्ता भएको छ । प्रस्तावित न्यायाधीश मनोजकुमार शर्माविरुद्ध कुनै उजुरी परेको छैन ।

चैत १९ गते न्याय परिषद्ले पाँच न्यायाधीश सिफारिस गरेको थियो । सिफारिस गरिएकामध्ये सुष्मलता माथेमा, कुमार रेग्मी र मनोजकुमार शर्माविरुद्ध उजुरी परेका छैनन् । राष्ट्रिय समावेशी आयोगको अब उजुरीकर्तासँग प्रारम्भिक छलफल गर्नेछ ।

उजुरीकर्तासँगको छलफलपछि सम्बन्धित पदाधिकारीलाई सुनुवाइका लागि समितिले बोलाउनेछ । समितिले सुनुवाइ सुरु भएको ४५ दिनभित्र सुनुवाई गरी निर्णय हुन नसकेमा नियुक्तिका लागि स्वतः योग्य हुने व्यवस्था छ ।

 

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..