अण्डाको मूल्य प्रतिगोटा तीन रुपैयाँले घट्यो

काठमाडौ । अण्डाको मूल्य प्रतिगोटा तीन रुपैयाँ घटेको छ ।

अण्डाको बजार सन्तुलन कायम राख्न हिजोदेखि नै लागु हुने गरी मूल्य घटाएको नेपाल अण्डा उत्पादन सङ्घले जनाएको छ ।

यसअघि प्रतिगोटा १३ रुपैँया पर्ने अण्डाको मूल्य १० रुपैयाँ निर्धारण गरिएको सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले बताउनुभयो ।

नेपालमा हाल दैनिक ५० लाख अण्डा उत्पादन हुने गरेको छ । कँडेलका अनुसार नेपालमा अहिले दैनिक एक करोड ९२ लाख रुपैयाँ नोक्सानी भइरहेको छ ।

दानाको वर्तमान बजार मूल्य र अन्य खर्चका कारण उत्पादन लागत प्रतिगोटा अण्डाको १० रुपैयाँ ५० पैसा लाग्ने गरेको किसानको भनाइ छ ।

 

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..