सय पर्यटकीय गन्तव्यमा सूचीकृत भम्केनीधामलाई अन्य क्षेत्रसँग जोड्ने तयारी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको नयाँ एक सय पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत भम्केनीधामलाई अन्य धार्मिक पर्यटकीय क्षेत्रसँग जोडेर पर्यटन प्रवद्र्धन गरिने भएको छ।

सिद्धनाथ बैजनाथ धार्मिक तपस्थली विकास समितिले भम्केनीलाई भीमदत्त नगरपालिका वडा नं १, ३, ४, ५, ६, ७, ८, ९ र १० लाई धार्मिक क्षेत्रसँग जोड्नका छलफल अगाडि बढाएको छ।

नगरपालिकाको उत्तरी क्षेत्रका सबै धार्मिक मठमन्दिर समितिका पदाधिकारी, पुजारी र जनप्रतिनिधिसँग कार्यक्रम गरी धार्मिक पर्यटकीय सर्किटका लागि बृहत् भेला गरी समिति गठन गर्ने निर्णय गरिएको छ।

नेपालका प्रथम जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यको अगुवाइमा स्थापना गरिएको भम्केनीधामलाई सरकारले केही महीनाअघि सय पर्यटन गन्तव्यमा सूचीकृत गरेको थियो।

भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले नगर क्षेत्रभित्रका सबै धार्मिक पर्यटकीय क्षेत्र एकापसमा जोडेर धार्मिक पर्यटन प्रवद्र्धनका लागि धार्मिक सर्किट बनाउन नगरपालिकाले कार्य अगाडि बढाउने बताए।

रौटेलादेखि ब्रह्मदेवसम्मका धार्मिक पर्यटकीय क्षेत्र एकापसमा जोड्नका लागि नगरपालिकाले जैविक धार्मिकमार्ग निर्माण गरेको छ। यस कार्यले भम्केनीसहित अन्य क्षेत्रका धार्मिक पर्यटकीयस्थल जोडिएर पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको विश्वास छ।

बाराकुण्डा, विष्णु मन्दिर धाम साकेतधाम, भम्केनीधाम, झिलमिला ताल र सिद्धनाथ मन्दिरलगायतका उत्तरी क्षेत्रका धार्मिक क्षेत्रको विकास र संरक्षणका लागि नगरपालिकाले पूर्वाधार निर्माणलगायतका कार्यलाई प्राथमिकता दिएको छ।

भम्केनीधाममा निर्माण शुरु गरिएको नेपाल आमाको मूर्तिका लागि नगरप्रमुख विष्टले रु एक करोड सहयोग गर्ने घोषणा गरेका छन्। भम्केनीबाट ताराकोटसम्म पदमार्ग निर्माण, खानेपानी व्यवस्था र शौचालयलगायतका पूर्वाधार निर्माणमा नगरपालिकाले कार्य अगाडि बढाउने जनाएको छ।

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..