भोलिसम्म मेघ गर्जन, चट्याङ, हुरिबताससहित वर्षा र असिना पर्ने सम्भावना

काठमाडौ । जल तथा मौसम विभागले भोलीसम्म मुलुकका विभिन्न भागमा मौसम बदली रहने जनाएको छ ।

आज र भोली पश्चिमका धेरैजसो ठाउँ, पूर्व र मध्येका केही स्थानमा मेघ गर्जन, चट्याङ पर्ने, हुरिबताससहित वर्षा र असिना पर्ने सम्भावना रहेको मौसम विभागले निकालेको विज्ञप्तीमा लेखिएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावाना रहेको छ । आज तराईका विभिन्न स्थानमा हुरी बतासको सम्भावना रहेको समेत भन्दै सचेत गराईएको छ । भोली देशका विभिन्न क्षेत्रमा मेघ गर्जरनसहित वर्षाको सम्भावना रहेको मौसम विभागले पूर्वानुमान गरेको छ ।

यसैबीच हिजो साँझ असिना–पानीसँगै आएको हुरीले फेटा गाउँपालिकाको कतिपय हुरी पीडितको टेन्ट उडाएको छ भने चट्याङले ६ जनालाई घाइते बनाएको छ । कलैया उपमहानगरपालिका–१२ धर्मनगरमा ५ जना र वडा १ को पर्सा टोलमा १ जना घाइते भएका हुन् ।

धर्मनगरको महल इँट्टा उद्योग रहेको घरमा चट्याङ पर्दा सोही उद्योगमा काम गर्ने मजदुरहरु घाइते भएका हुन् । उनीहरुको कलैया अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिनुभयो । हुरीले फेटा गाउँपालिका–१, भलुही भरबलीया, वडा ३ र ६ को क्रमशः पुरैनिया र गछीया टोलको थुप्रै टेन्ट उडाएको स्थानीयले बताएका छन् ।

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..