प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित थपलियाको सुनुवाई आज हुँदै

काठमाडौ । प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाको सुनुवाई आजबाट सुरु हुँदैछ ।

संसदीय सुनुवाई समितिको आज सिंहदरबारमा बस्ने बैठकमा थपलियाको सुनुवाई हुने भएको छ । संवैधानिक परिषदद्वारा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध परेको ६ वटा उजुरी खुला गर्दै दिउँसो २ बजेबाट सुनुवाई सुरु हुनेछ ।

त्यसअघि बिहान ११ बजे भने उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम पनि तय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ५ जनाको सुनुवाई भने भोली गर्ने भएको छ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सिफारिस प्रक्रिया नै गलत रहेको दावी गर्दै २ वटा र अन्य ३ वटा गरी ५ वटा उजुरी परेकोले भोली त्यस विषयमा सुनुवाई हुने संसदीय सुनुवाई समितिले जनाएको छ ।

संसदीय सुनुवाई समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलिया र प्रस्तावित न्यायाधीशहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..