लमजुङमा कम उमेरमै सुत्केरी हुनेको सङ्ख्या बढ्दै

लमजुङ । लमजुङमा २० वर्ष उमेर नपुग्दै सुत्केरीको हुनेको सङ्ख्या बढ्न थालेको छ । लमजुङ अस्पतालको तथ्याङ्क अनुसार ३१ प्रतिशत किशोरीहरु २० वर्ष भन्दा कम उमेरमा नै आमा बन्ने गरेका छन् ।

कम उमेरमा विवाह गर्ने तथा परिवार नियोजनका अस्थाई साधनबारे पनि जानकारी नभएकाले सानैमा आमा बन्नेहरुको सङ्ख्या बढ्दै गएको जिल्ला सामुदायिक अस्पतालका प्रशासकीय प्रमुख युवराज देवकोटाले बताउनुभयो ।

जिल्ला सामुदायिक अस्पताल लमजुङको तथ्याङ अनुसार गत आथिर्क वर्षमा सुत्केरी भएका १ हजार १ सय ९० जना मध्ये ३ सय ६३ जना २० वर्ष मुनिका छन् ।

यस्तै आर्थिक वर्ष २०७३/७४ मा १ हजार २ सय २ मध्ये २० वर्ष मुनिका २ सय २५ जना किशोरी सुत्केरी भएका छन् । अस्पतालको तथ्याङकले यो सङ्ख्या देखाएपनि अस्पताल बाहिर सुत्केरी हुनेहरुको सङख्या दोब्बर रहेको स्वास्थ्यकर्मीहरु बताउछन् ।

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..