बार्सिलोना र अजाक्स च्याम्पियन्स् लिग फुटबलको सेमिफाइनलमा

काठमाडौ । लियोनल मेस्सीले उत्कृष्ट प्रदर्शन गरेपछि म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पार्दै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

घरेलु मैदानमा गयराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब युनाइटेडलाई ३–० ले हराउँदै स्पेनिस क्लब बार्सिलोनाले समग्रमा ४–० को जितसहित अन्तिम चारमा स्थान बनाएको हो ।

पहिलो लेगमा बार्सिलोना १–० ले विजयी भएको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनाका लागि लियोनल मेस्सीले १६ र २० औँ मिनेटमा गरि दुई गोल गरे । यस्तै फिलिप कोन्टिन्होले ६१ औँ मिनेटमा १ गोल गरेका थिए ।

यस्तै च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएरातिकै अर्को खेलमा इटालियन क्लब युभेन्टस अजाक्ससँग २–१ ले पराजित हुँदै समग्रमा ३–२ को हारसहित प्रतियोगिताबाट बाहिरिएको छ । घरेलु मैदानमा भएको खेलमा २८ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता लिए ।

तर ३४ औँ मिनेटमा अजाक्सका डुनी भान डी बीकले गोल गरेपछि खेलमा बराबरी भयो । यस्तै कप्तान माथिज्सडी लिग्टले ६७ औँ मिनेटमा गोल गरेपछि युभेन्टस पराजित हुँदै अन्तिम ८ बाटै बाहिरिएको हो ।

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..