पत्रकार रिहाइका लागि थप आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौ । विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी एवम् अर्जुन गिरीसहितका पक्राउ गरिएका पत्रकारको विनाशर्त रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ ।

महासंघका महासचिव रमेश विष्टद्धारा जारी प्रेस वक्तव्यमा जनाइए अनुसार आज बैशाख ४ गते विभिन्न संचार माध्यम र सामाजिक संजालमार्फत् विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी तथा पत्रकार पक्राउको विरोध गर्ने कार्यक्रम छ।

भोली बैशाख ५ गते विहान ९ः३० देखी १०ः३० सम्म नेपाल पत्रकार महासंघ जिल्ला शाखामार्फत् देशैभरका सबै जिल्ला प्रसासन कार्यालयमा १ घण्टा धर्ना बस्ने र भोली नै केन्द्रीय समितिले गृहमन्त्रात्रालय र संचार मन्त्रालयमार्फत् विरोध पत्र बुझाउने कार्यक्रम तय गरिएको छ । त्यसपछिका आन्दोलनका कार्यक्रम तय गर्न भोली नै केन्द्रीय समितिको उपलब्ध बैठक बस्ने जनाइएको छ ।

पत्रकार महासंघको आन्दोलनमा सहभागिता, समर्थन र ऐक्यवद्धताका लागि आग्रह गरिएको छ ।

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..