समायोजानमा कर्मचारीको गुनासो धेरै

काठमाडौ । कर्मचारी समायोजनमा गुनासो संख्या बढीरहेको छ । कर्मचारी समायोजन सकिएको एक साताको अवधिमा १२ हजार कर्मचारीले समायोजनप्रति असन्तुष्टी जनाउँदै गुनासो दर्ता गराएका छन् ।

समायोजनप्रति असन्तुष्ट तथा समायोजना फारम भरेको ठाउँमा नभई अन्य ठाउँमा परेको भन्दै कर्मचारीले संघीय मालिमा तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको गुनासो व्यवस्थापन समितिमा गुनासो दर्ता गरेका हुन् ।

दर्ता भएका गुनासाको छानविन प्रक्रिया सुरु भइसकेकाले अबको एकहप्ता भित्र गुनासोको सम्बोधन गरिसक्ने मन्त्रालयका सहसचिव एवम् गुनासो व्यवस्थापन समितिका संयोजक रुपनारायण भट्टराईले कान्तिपथ डट कमसँग बताउनुभयो ।

सघ, प्रदेश र स्थानीय तहका सबै निकायमा गरि १ लाख ३१ कर्मचारीको समायोजन भइसकेको छ । जसमा सबैभन्दा बढी स्थानीय तहमा ६६ हजार ९ सय ८, संघमा ४८ हजार चारसय ९ र प्रदेशमा २२ हजार ७ सय ९७ कर्मचारी समायोजन भएका थिए ।

 

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..