अज्ञात समूहद्वारा वडा कार्यालयसहित ६ स्थानमा तोडफोड

पाल्पाको रैनादेवी छहरा गाउँपालिका –५ को वडा कार्यालय सहित विभिन्न स्थानमा गएराति अज्ञात समूहले तोडफोड गरेको छ ।

गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीका अनुसार मुझुङ टोलमा रहेको वडा नम्वर ५ को कार्यालय , कालिका माविको कार्यालय , महिला सहकारी संस्था, हुलाक कार्यालय , कृषि सहकारी संस्थाको कार्यालय र नेत्रबहादुर कार्कीको पसल तोडफोड भएको हो ।

क्षतिको एकिन विवरण संकलन भइरहेको गाउँपालिकाले जनाएको छ ।

तोडफोडबाट लाखौंको क्षति भएको प्रहरीले जनाएको छ । File photo

Ganesh BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..