नाबालक पनि ‘बलात्कारी’

काठमाडौ । ‘नाबालकलाई पनि किन लाग्छ जबर्जस्ती करणीको अभियोग? कति वर्ष पूरा गरेपछि जबर्जस्ती करणीको हदमा पुग्छ मानिस?’ यी र यस्तै प्रश्नहरू धेरै आउँछन्, जब नाबालक बलात्कारी ठहरिन्छ।

बालमनोविज्ञानको भाषाअनुसार किशोरावस्थामा लागेपछि विपरीतलिंगीप्रति आकर्षित हुन्छन्। तर यहाँ त नाबालकमाथि जबर्जस्ती करणीको अभियोग लागेको पाइएको छ।

सरकारी तथ्यांकले १० वर्षमुनिका बालकलाई पनि जबर्जस्ती करणीको अभियोग लागेको देखाएको छ। चालू आर्थिक वर्षको साउनयता १० वर्षमुनिका चार बालकमाथि जबर्जस्ती करणीको अभियोग लागेको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ।

गत वर्ष एक नाबालक र १६ वर्षमुनिका १११ माथि जबर्जस्ती करणीको आरोप लागेको तथ्यांकमा छ। बालबालिका ऐन, २०७५ को दफा ३६ को उपदफा १ बमोजिम १० वर्षमुनिका बालबालिकालाई कुनै पनि सजाय हुँदैन।

कानुनतः यो उमेरमा गरेको गल्तीलाई सजायको व्यवस्था नभए पनि यस्ता गतिविधि बर्सेनि बढिरहेको तथ्यांकमा उल्लेख छ। कान्तिपुर दैनिकमा खबर छ।

Kantipath Media

यो छुट्टाउनु भो कि..