महोत्तरीमा सेनाका एक सिपाहीले गरे आत्महत्या

महोत्तरीमा नेपाली सेनाका एक सिपाहीले आत्महत्या गरेका छन् । जलेश्वरस्थित श्रीरणभीम गण प्रकौलीमा कार्यरत सिपाही अमिर तामाङले कञ्चटमा गोली हानी आत्महत्या गरेका हुन् ।

रामेछाप जिल्ला लिखु गाउँपालिका–५ घर भई हाल रणभीम गण प्रकौली ‘ख’ गुल्म दरबन्दीमा रहेका पेरीमिटर पोष्टमा डिउटीमा रहेका तामाङ बुधबार बिहान मृत अवस्थामा फेला हुन् ।

तामाङले आफैले बोकेको हतियारबाट आफ्नै दायाँ कन्चटमा गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..