माओवादी नेता पाण्डेमाथि गोली प्रहार

नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि बुधबार राति करिब ११ बजेतिर गोली प्रहार भएको छ ।

तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा पाण्डेमाथि बुधबार राति तीनजनाको समूहले गोली प्रहार गरेको हो । घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

पिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षीय पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको छ । पाण्डेसँगै मोटरसाइकलमा सवार भारतीय नागरिक इराज अख्तर मुलसमानको पाखुरामा गोली लागेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीका अनुसार निग्लिहवातर्फबाट मोटरसाइकलमा आएका तीनजनाको समूहले पाण्डेमाथि गोली चलाएको पाइएको छ । गोली लागेका पाण्डे नदीजन्य पदार्थको ठेक्कापट्टाको काम समेत गर्ने गरेकाले व्यावसायिक लेनदेनका कारण घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..