स्रोत नखुलेको २५ लाख सहित २ जना पक्राउ

D3oOJO8K1614229421

D3oOJO8K1614229421

स्रोत नखुलेको २५ लाख नगदसहित दुई जना भारतीय कलैयाबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया-७ का ३५ वर्षीय चन्द्रशेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिआर-०५-के-०७९८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई बुधबार राति साढे ११ बवे कलैया उपमहानगरपालिका-८ बरेवा टोलबाट पक्राउ गरिएको हो।

चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट २५ लाख ३५ हजार रकम फेला परेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए। पक्राउ परेकालाई राजश्व कार्यालयमा बुझाउने तयारी भइरहेको छ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..