नक्कली पास लिएर हिँड्ने ४ जना पक्राउ

रूपन्देहीमा निषेधाज्ञा उल्लंघन गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नक्कली पास बनाएर हिँड्ने ४ जनालाई नियन्त्रणमा लिएर कारवाही प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

निषेधाज्ञाको अवज्ञा गरी नक्कली पास बनाई सवारी साधन चलाउने र सर्वसाधारणमा भ्रम पैदा गर्ने गुल्मी धुर्कोट नगरपालिका-७ स्थाई घर भई हाल जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका -११ बस्ने २७ वर्षिय बिनोद घिमिरे, बुटवल उपमहानगरपालिका-११ का ५३ वर्षिय रोलक बहादुर बुढाक्षेत्री र गुल्मी मुसिकोट नगरपालिका -७ का २७ वर्षिय विपिन काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिइ जनही पचास हजार जरिमाना तिराएको छ।

यस्तै बुटवल उपमहानगरपालिका -१२ का ३९ वर्षिय मनोज गैरेलाई नियन्त्रणमा लिई ५ हजार जरिवाना लिई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य थापाले बताए ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..