८० लाखको चेक बाउन्स मुद्धामा पिपुल्स भोलेन्टियरका काठमाडौँका अध्यक्ष पक्राउ

नेकपा (एकीकृत समाजवादी) निकट युवा नेतालाई प्रहरीले पक्राउ गरेको छ । रुकुमका अर्जुन बुढाथोकीलाई बैङ्किङ कसुर मुद्दामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले बताए ।

उनी नेकपा एकीकृत समाजवादी पार्टी निकट ‘केन्द्रीय पिपुल्स भोलेन्टियर’ काठमाडौँका जिल्ला अध्यक्ष हुन् । बुढाथोकीले दिएको ८० लाखको चेक बाउन्स भएपछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए । उनलाई काठमाडौँको धापासीबाट पक्राउ गरिएको बस्नेतले बताए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..