चोरी गर्ने ७ चाेर पक्राउ

chorr

विराटनगरमा चोरीडकैतीका घटनामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरी डकैती गर्दै आएको गिरोहलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा तीन जना भारतीय र चार नेपाली छन । उनीहरूले विभिन्न मितिमा विराटनगर महानगरपालिकाभित्रका चारवटा सटर फोरेर लाखौं रुपैयाँ चोरी गरेको जनाइएको छ। गिरोहले विराटनगर–२ शनिहाटमा रहेको पञ्चकन्या ट्रेड लिंकमा साउन २३ गते बिहान ४ बजेको हाराहीमा सटर फुटाई ५ लाख ९५ हजार चोरी गरेका थिए । यसैगरी, सोही समयको आसपासमा नजिकै रहेको गणनायक मार्केटिङमा समेत सटर फुटाएर ४ लाख चोरी गरेका थिए । अभियुक्तले ९ भदौमा विराटनगर–७ स्थित कदमाहा कृषि सहकारी संस्था लिमिटेडबाट ४ लाख ९५ हजार र १० भदौमा विराटनगर–७ कै माँ भवानी इन्टरप्राइजेजबाट ६ लाख चोरी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएका अभियुक्तमा भारत मधुबनी, कटैया ग्राम पञ्चायत–३ भारतका ३५ वर्षीय धमेन्द्र कामत, सोही ग्राम

पञ्चायत –१ बस्ने ३२ वर्षीय लक्ष्मण गुप्ता र मधुबनी लदौत ग्रामपञ्चायत ६ का ४४ वर्षीय मोहम्मद मोतिउर रहमान छन् । यसैगरी, रौतहट गौर नगरपालिका–३ का ४१ वर्षीय मोहम्मद मोहिज धुनियाँ, सोही ठाउँका ५० वर्षीय बलराम क्षेत्री, ब्रम्हपुरी गाउँपालिका–४ का ५२ वर्षीय सेख मोहम्मद सलिफ र ४६ वर्षीय शेख अलि असगर छन् । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक विश्व अधिकारीले अभियुक्तले भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीबाट जोगबनीको बाटो विराटनगर प्रवेश गरेर रातको समयमा चोरी गर्दै आएको बताए ।

उनीहरूले  समूहमा हिँड्ने र गोल्ड कटरबाट सटरको ताला काटेर चोरी गर्दै आएको बताए । ११ भदौमा प्रहरीले पथरी शनिश्चरे नगरपालिका–१ बाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले अभियुक्तका साथबाट घटनामा प्रयोग गरिएको बीआर३२पीए २८३६ नम्बरको स्कार्पियो गाडी, सात थान मोबाइल, नेपाली र भारतीय सिमकार्ड, फलाम काट्न प्रयोग हुने कटर मेसिन, तन्नालगायतका सामग्रीसमेत बरामद गरेको छ । राजधानिकाे सहयाेगमा

 

Kantipath Media

यो छुट्टाउनु भो कि..