टिकटक बनाउन घर आउने गरेकी बहिनीलाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ

नातामा बहिनी पर्ने १२ वर्षीया बालिकालाई करणी गरेको आरोपमा लमजुङ प्रहरीले एक किशोरलाई पक्रेको छ।

पक्राउ पर्नेमा बेंसीसहर नगरपालिका ३ मा बसोबास गर्दै आएका एक १९ वर्षीय किशोर रहेका छन्।

पढ्न साथै टिकटक बनाउन भनी बालिका किशोरको घरमा आउजाउ गर्दै आएकी थिइन्।

घरमा कोही नभएको मौकामा किशोरले उनलाई पटक–पटक करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

किशोरलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको डीएसपी गंगाबहादुर थापाले बताए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..