बैतडीमा करेन्ट लगाएर बँदेल मार्न खोज्दा दाजु भाइकै मृत्यु

बैतडीमा बँदेललाई थापेको करेन्ट लागेर दाजुभाइकै मृत्यु भएको छ। सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र उनका भाइ १८ वर्षीय अमृत चन्दको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार राति ९ बजे आफ्नै मकै बारीमा जंगली बँदेल मार्न छाडिएको करेन्ट लाग्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..