बिबिएस प्रथम बर्षको परीक्षा बिग्रिएको भन्दै आत्महत्या

सुर्खेतकी एक युवतीले परीक्षा बिग्रिएको भन्दै ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी छिन् । पश्चिम पञ्चपुरी नगरपालिका वडा नं. ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी बिमला कँडेलले कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

प्रहरी स्रोतका अनुसार ‘सुसाइड नोट’मा उनले बिबिएस प्रथम बर्षको परीक्षा बिग्रिएको भन्दै आत्महत्याको बाटो रोज्नुपरेको कुरा लेखिएको देखिन्छ। मृतक कँडेलको शवको पोस्टमार्टम भएपनि अहिलेसम्म रिपोर्ट भने आइनसकेको प्रहरीले बताएको छ।

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..