पूर्वमन्त्री विक्रम पाण्डे विरुद्ध २ अर्ब १३ करोड भ्रष्टाचार मुद्दामा अन्तिम सुनुवाइ सुरु

fdb010ae859270e559988e333959a0221544198421

fdb010ae859270e559988e333959a0221544198421

पूर्वमन्त्री एवम् राप्रपाका नेता विक्रम पाण्डेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले अन्तिम सुनुवाइ सुरु गरेको छ। आइतबारदेखि विशेषले पाण्डेको साढे आठ अर्ब दावी भएको मुद्दाको सुनुवाइ सुरु गरेको हो। विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले अन्तिम सुनुवाइ गरिरहेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ मंसिर २१ गते सिक्टा सिँचाइ आयोजनामा कमसल काम गरी भ्रष्टाचार गरेको अभियोगमा पाण्डेसहित २१ जनाविरुद्ध साढे आठ अर्बको भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले पाण्डेसहित आयोजना प्रमुखहरू सर्वदेव प्रसाद, सरोजचन्द्र पण्डित, दिलीपबहादुर कार्की, रमेश बस्नेत, आयोजनाका ९ जना सिडिई इन्जिनियर, सिँचाइ विभागका तीन इन्जिनियर, कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक र तीन जना इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारले प्रतिवादी कायम गरेकाहरुमा युवराज क्षेत्री भनिने युवबहादुर क्षेत्री, हेमनिधि शर्मा, अरुणकुमार चौधरी, दिलीपबहादुर कार्की, सरोजचन्द्र पण्डित, सूर्यदेव थापा क्षेत्री, योगेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, प्रेमराज घिमिरे, वीरसिंह धामी, प्रकाशबहादुर कार्की, मिनराज ढकाल, आशिषभद्र खनाल, कमलप्रसाद रेग्मी, सर्वदेव प्रसाद, रमेश बस्नेत, उद्ववराज चौलागाई, रविनाथ बाबु श्रेष्ठ र कृष्ण प्रसाद सुवेदी पनि छन्।

को विरुद्ध कति बिगो दाबी?

Bishesh notice bikram pandey

 

Kantipath Media

यो छुट्टाउनु भो कि..