बिबिएस प्रथम वर्षको परीक्षा बिग्रिएको भन्दै बिमला कँडेलले गरिन् झुन्डिएर आत्महत्या

सुर्खेतकी एक युवतीले परीक्षा बिग्रिएको भन्दै ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी छिन् ।

पश्चिम पञ्चपुरी नगरपालिका वडा नं. ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी बिमला कँडेलले कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झुण्डियर आत्महत्या गरेकी २९ बर्षीया कँडेलले आत्महत्या गर्नुअघि ‘सुसाइड नोट’ समेत लेखेको प्रहरीले बताएको छ।

प्रहरी स्रोतका अनुसार ‘सुसाइड नोट’मा उनले बिबिएस प्रथम बर्षको परीक्षा बिग्रिएको भन्दै आत्महत्याको बाटो रोज्नुपरेको कुरा लेखिएको देखिन्छ।

घटनाको थप अनुसन्धान भईरहेको छ ।’

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..