एम्बुलेन्सबाट १०० किलो गाँजा बरामद, २ जना कर्याप्यै

एक  सय किलो अवैध लागूऔषध गाँजा सहित एम्बुलेन्स चालक समेत दुई जना पक्राउ परेका छन् ।

धरान उपमहानगरपालिका–२ स्थित सडकबाट को.१ च ५५५९ नम्बरको एम्वुलेन्समा ल्याउँदै गरेको १ सय किलो अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उक्त एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय बल बहादुर लिम्बु र सोही उपमहानगरपालिका–११ बस्ने धनकुटा सहिदभूमि गाउँपालिका–१ घर भएका २८ वर्षीय पोशन राई रहेका छन् ।

धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने क्रममा एम्बुलेन्स पछाडीको भागमा ४ वटा झोलामा रहेको उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

उनीहरु माथि लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरान सुनसरीले बताएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..