होटलबाट ब्राउन सुगर र नगद सहित ४ जना पक्राउ

खाजा पसलबाट ब्राउन सुगरको कारोबार गरेको आरोपमा बाँके प्रहरीले ३ जना महिला र १ जना पुरुष गरी ४ जनालाई पक्राउ गरेको छ। बाँकेको सन्ध्या नास्ता पसलबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बिबा शाही, गंगा खड्का, पूजा परियार र राजेश खटिक छन्। खाजा पसलमा अवैध लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्यूरो बाँकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट बिक्रीका लागि तयार पारेर राखिएको ५६ पुडिया (१२ ग्राम २०० मिलिग्राम) ब्राउन सुगर र नगद ४१ हजार ५०० रुपैयाँ बरामद गरिएको जानकारी दिएको छ। चारै जनाविरुद्ध जिल्ला अदालत बाँकेबाट ७ दिनको म्याद लिइ थप अनुसन्धान थालिएको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..