गोङ्गबुबाट पेस्तोलसहित धादिङका तीन जना पक्राउ

नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित धादिङका विपिन मगर, मन्दिप थापा र सुजन मगरलाई बुधबार साँझ पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहले गोङ्गबु विजी मलअगाडि सडकमा जाँचका क्रममा स्कुटर छाडेर भागेपछि शङ्का लागी पिछा गर्दा आरके रेष्टुराँमा लुकेर बसेका उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग प्रहरीले एक थान पेस्तोल, एक थान म्यागजिन, पाँच राउण्ड गोली, दुई थान खुकुरी र गाँजा बरामद गरेको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..