क्लब हाउसमा प्रहरी महानिरीक्षकसहितको फेक आइडी बनाउने कर्याप्यै

नेपाल प्रहरीको साइबर ब्युुरोले सामाजिक सञ्जाल क्लब हाउसमा नेपाल प्रहरीको लोगो लगायत दुरुपयोग गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

ब्युरोको एसएसपी नविन्द अर्यालले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बस्ने २० वर्षीय इसान लामिछानेलाई पक्राउ गरेको हाे।

सएसपी  अर्यालका अनुसार सामाजिक सञ्जालमा दुरुपयोग गरी भ्रामक तथा भ्रमपूर्ण अफवाह फैलाएको कसुरमा लामिछानेलाई सोमबार भक्तपुरबाट पक्राउ गरिएको बताएकाे छ ।

काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुसन्धान भइरहेको एसएसपी अर्यालले बताए ।

के हो क्लब हाउस ?

क्लब हाउस सामाजिक सञ्जाल एप हो । यो सामाजिक सञ्जाल चलाउन त्यसमा पहिला सदस्य भइसकेका प्रयोगकर्ताले ‘इन्भाइट’ गर्नुपर्छ अर्थात् यो सामाजिक सञ्जालमा बोलाउनुपर्छ । अन्यथा यसमा सोझै प्रवेश गर्न पाइँदैन ।

यसबाट प्रयोगकर्ताले बोलेर आफ्नो आवाजबाट संवाद, बहस र व्यवसायिक विषयमा कुराकानी गर्न र जानकारी लिन सक्छन् । यस एपले संवाद तथा अन्तक्रियामा आवाजमात्र सपोर्ट गर्छ । यो एपमा फोटो वा भिडियोको नाममा प्रोफाइल तस्वीर मात्र हुन्छ ।
यो एप कोरोना भाइरस (कोभिड-१९) को महामारी सुरु भएपछि बजारमा आएको हो ।

यो सामाजिक सञ्जाललाई पहिलोपटक सन् २०२० मार्चमा अल्फा एक्सप्लोरोसन कम्पनीका पल डेभिसन र रोहन सेथले आईओएस भर्सनमा यो एप सार्वजनिक गरेका थिए । आईओएस भर्सनमा मात्र सीमित गरिएकाले त्यतिबेला प्रयोगकर्ताको संख्या बढ्न सकेन ।

प्रयोगकर्तामा खासै वृद्धि हुन नसकेपछि यो एपलाई एन्ड्रोइड भर्सनमा पनि ल्याइयो । त्यसपछि भने यसका प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भयो ।

क्लब हाउसको मुख्य विषेशता भनेको भर्चुअल रुम हो । यो एपमा तीन किसिमका भर्चुअल रुम छन्- ओपन रुम, सोसियल रुम र क्लोज्ड रुम सन् २०२० को डिसेम्बरसम्ममा क्लब हाउसका प्रयोगकर्ता ६ लाख पुगेका थिए । यसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पल डेभिसनका अनुसार जनवरी २०२१ सम्ममा क्लब हाउसका साप्ताहिक प्रयोगकर्ता २० लाखभन्दा धेरै छन् ।

क्लब हाउसको टोलीले प्रयोगकर्ताको संख्यामा देखिएको वृद्धिलाई व्यवस्थापन तथा त्यसलाई धान्नसक्ने बनाउनका लागि इन्भाइट गरेर मात्र नयाँ प्रयोगकर्ता आउनसक्ने गरी एपको विकास गरेको हो ।

के सुरक्षित छ क्लब हाउस ?

क्लब हाउस लोकपि्रय भएपनि सुरक्षाका दृष्टिकोणले उसले सुरक्षाका मादण्ड अपनाएको छैन । खास गरी घृणा फैलाउने अभिव्यक्तिलगायत दुरुपयोगको लागि सुरक्षा मापदण्ड नअपनाइएको साइबर सुरक्षाबारे जानकारहरु  बताउँछन् ।

तर को मानिस कति उमेरको भनेर कसरी थाहा पाउने ? बालबालिकाले उमेर बढाएर पनि यसमा प्रवेश गर्न सक्छन् ।’

‘यदि कसैले घृणा फैलाउने वा अश्लील भाषण गरे के कारबाही गर्ने भन्नेबारे क्लब हाउसले स्पष्टसँग आफ्नो सुरक्षा मापदण्ड बनाएको छैन । कसैले उमेरको झुटो विवरण पेश गरेर पनि त्यहाँ आउन सक्छन् र उनीहरुले घृणा फैलाउने वार्तालाप गरे के कारबाही हुने भन्ने स्पष्ट छैन ।’

 

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..