महानगरीय प्रहरी परिसरले समात्यो ११ लाख नगद सहित २५ जुवाडे

काठमाडौँको सोह्रखुट्टेस्थित एक होटलमा जुवा खेलिरहेका २५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पिताम्बर गौतमले सञ्चालन गरेको होटलमा जुवा खेल्दै गरेका २५ जनलाई १० लाख ९७ हजार नगदसहित महानगरीय प्रहरी वृत सोह्रखुट्टेको टोलीले पक्राउ गरेको हो । गौतम मजदुर नेता हुन् ।

काठमाडौँ महानगरपालिका–१६ स्थित सो जुवाखालबाट ३० बुक तास र जुवा खेल्न प्रयोग गरिएको २ सय ५० वटा क्वाइन पनि प्रहरीले बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहका अनुसार पक्राउ पर्नेमा होटल सञ्चालक पिताम्बर गौतम, भारतीय नागरिक कानु प्रधान, काठमाडौँ घर भएकी रञ्जना ढकाल, काभ्रेका पुरुषोत्तम न्यौपाने, महोत्तरीका मनोज कुमार मण्डल र बझाङका उमेश बिक लगायत २५ जना छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..